• दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’

    म्यूजिक खवर
    प्रकाशित: १८ चैत्र २०७७, बुधबार
    deepakraj bishwakarma

    काठमाडौं । गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा दिपकराज बिश्वकर्मा एक चिर परिचित नाम हो। उनिद्वारा संगीत बद्ध धेरै गीतहरु बजारमा चर्चामा छन्।

    केहि समय पहिला उनिद्वारा संगीत बद्ध गीत पिरतीको गुन्द्री बोलको गीतले बजारमा राम्रै चर्चा कमायो उनि गायक मात्र नभई गायक संगीतकार संगीत संयोजक साथै साउण्ड ईन्जिनियर पनि हुन् त्यसैले उनलाई बहुप्रतिभाका धनी संगीतकर्मी भन्दा फरक नपर्ला । आज उनले आफ्नो जन्मदिनको छेक पारी आफ्नै आवाज संगीत तथा संगीत संयोजनमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीत तथा भिडियो प्रेम भावले भरिपुर्ण रहेको गायक संगीतकार दीपकराज बिश्वकर्मा बताउँछन् । गीतको अडियो अडियोल्याव स्टुडियोमा रेकर्डीङ तथा मिक्सिङ मास्टरिङ गरीएको हो।

    उक्त गीतमा रबिना स्वप्निल गीरीको शब्द गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोमा निर्देशन पनि गायक स्वयम दीपकराज बिश्वकर्माको रहेको छ। छायांकन बुद्ध थापा, नृत्य निर्देशन केशबराज भट्ट, सम्पादन बिकाश दाहाल, ड्रोन बिशाल सापकोटाको रहेको छ भने उक्त रमाईलो गीतको भिडियोमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाईञ्छ। गितको भिडियोलाई ओएसआर डिजिटलुको यूट्युब च्यानलमा हेर्न सकिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु