• संगीतको ‘होल प्याकेज’ दिपकराज

    म्यूजिक खबर
    प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

    काठमाडौं । दिपकराज विश्वकर्मा सांगीतिक क्षेत्रमा संगीतकारको विधामा स्थापित भइसकेको नाम हो । उनले संगीतबद्ध गरेका गीत मार्फत थुप्रै दर्शक श्रोतालाई लट्ठ बनाइसकेका छन् । सुनैको दरबार, पिरतीको गुन्द्री उनले संगीतबद्ध गरेका केहि हिट गीत हुन् ।

    पछिल्लो समय उनी संगीतसँगसँगै अभिनयमा प्रस्तुत हुन थालेका छन् । तीन दिन अघि मात्रै ‘समिपै पाएँ’ बोलको गीतमार्फत आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका दिपकको यतिबेला पुनः भिडियोमा देखिएका छन् ।

    भर्खरै सार्वजनिक भएको ‘हर हर महादेव’ बोलको भिडियोमा उनले अभिनय गरेका हुन् । भिडियोमा उनको अभिनय कतै पनि बनावटी लाग्दैन । गीतको अडियो र भिडियोमा उनले देखाएको सक्रियता र क्षमताले सिद्ध गर्छ कि, दिपकराज संगीतका होल प्याकेज नै हुन्।

    उक्त भिडियोमा दिपकराजसँगै शिशिर विश्वकर्मा, शरणजंग भण्डारी, सबिता सुवेदी, रामचन्द्र खड्का मीना शाहीलाई पनि भिडियोमा देख्न सकिन्छ । सुबिन गोदारले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

    दिपकराज भिडियोमा देखिएका मात्रै छैनन् । उक्त भजन गीतमा शब्द, स्वर, संगीत, एरेन्ज र मिक्सिङ समेत उनैको रहेको छ । भजन गीत सुन्दा निकै आनन्द महशुष हुन्छ । गीतको शब्द स्वर र संगीत प्रशंसा गर्न लायक छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु