मोडलिङ क्षेत्रमा करिअर खोज्दै डेस्टिनि तामाङ

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७५, बिहीबार
Destiny Tamang

काठमाडौँ । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहना अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुँदैछन् । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो ।

 

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर बिगत दुई वर्ष देखि मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी मोडल हुन डेस्टिनि तामाङ । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् ।

 

ब्यबसायिक रुपमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल डेस्टिनि तामाङले केही म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन भने केही गीतहरूमा पनि आफ्नो सुमधुर आवाज भर्ने तरखरमा छिन देश भरमा हुने बिभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमा आफ्नो जादुमय नृत्य तथा अभिनय प्रस्तुत गरि सकेकी मोडल डेस्टिनि तामाङ अहिले चर्चाको शिखर तिर लम्किदैछिन् ।

 

नृत्य तथा अभिनयमा पोख्त मोडल डेस्टिनि तामाङ सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर, अग्लो हाईट अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु