• देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १६ बैशाख २०७६, सोमबार

    गायिका देशु गोलेले ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत बजारमा ल्याएकी छिन् ।अर्जुन पोख्रेलले सङ्गीत भरेको गीतको शब्द गायिका देशुकै रहेको छ । नेत्र किराँतीले निर्देशन गरेको गीतको भिडियोमा अरुसि मगर र कजिस श्रेष्ठको अभिनय रहेको छ । राष्ट्रयगानका रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला)को प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि कामना व्यक्त गरेका थिए । गायिका गोलेका यसअघि तामाङ सेलो, आधुनिक, पापलगायत धेरै गीतहरु बजारमा आइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु