• देबेन्द्रको निर्देशनमा ‘खर्च माग्दिन’ भन्दै नाचिन् बिना

    म्यूजिक खबर
    प्रकाशित: १० श्रावण २०७९, मंगलवार

    काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार तीज केन्द्रीत बनिरहेको छ । आगामी तीजलाई लक्षीत गरेर तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यहि क्रममा पछिल्लो पुस्तामा चर्चामा रहेका निर्देशक देबेन्द्र पाण्डेको निर्देशनमा पनि ‘खर्च माग्दिन’ बोलको तीज गीत सार्वजनिक भएको छ । नृत्य निर्देशन समेत देबेन्द्रले नै गरेको भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्य गरेकी छिन् ।

    विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गीतमा आधुनिक महिला स्वभिमानी छन् भन्ने भाव बुझाइएको छ ।

    रानी शाक्यको स्वर, सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु