
काठमाडौं। गायक तथा सर्जक सुजन बराइलीको नयाँ मौलिक पञ्चेबाजा गीत ‘धौलागिरी शिर’ सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित लोकप्रिय गायिका देवी घर्तीसँगको संयुक्त स्वरमा बराइलीको गीत हार्वजनिक भएको हो । गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ। रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन्। यस गीतलाई पर्वतको मल्लाजमा छायांकन गरिएको हो।
गीतको भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदीको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।