देबी घर्ती र स्व. गायक बद्री केसीको मौलिक तीज गीत ‘एक्लो मैना’

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार
देबी घर्ती र स्वर्गीय गायक बद्री केसीको ‘एक्लो मैना’

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा लोकप्रिय गायिका देबी घर्ती र स्वर्गीय गायक बद्री केसीको स्वर रहेको ‘एक्लो मैना’ सार्वजनिक भएको छ । शिब हमालको लय तथा शब्दमा तयार भएको गीतमा तीजको मौलिकता समेटिएको छ ।

अडियो भिडियो दुबै पक्षबाट गीत उत्कृष्ट बनेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियो तर्फ रिना थापा र लोमश शर्माको उत्कृष्ट नृत्य रहेको छ। राजेश घिमिरेको छायांकन तयार भएको सो म्युजिक भिडियोको सम्पादक बिष्णु शर्माले गरेका छ। उक्त गीत को म्युजिक भिडियो देबी घर्तीको आफ्नै यूट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु