गायिका देवी घर्ती र गायक राजु ढकालको ‘खोली सलल’ करोड क्लब सेलिब्रेसन र ‘बिर्सियौ कि चटक्कै’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०८२, मंगलवार ०२:३७

काठमाडौं । लोकप्रिय गायिका देवी घर्ती मगर र लोकप्रिय गायक राजु ढकालको स्वरमा रहेको गीत ‘खोली सलल’ करोड क्लब पार गरेको उपलक्ष्यमा गीतका सम्पूर्ण टिम मिलेर सेलिब्रेसन गरेका छन् । गायिका देवी घर्तीको जन्मदिनको केक र करोड क्लबको केक सँगै काटेर सेलिब्रेसन गरिएको थियो । कार्यक्रममा गीतसँग सम्बन्धित स्रष्टा सर्जक र निर्देशक र कलाकारहरुको मात्र सहभागिता रहेको थियो ।

गायिका देवी घर्तीको जन्मदिनको अवसरमा करोड क्लबको केक काट्दै खुशी साटासाट गरिएको थियो । ‘खोली सलल’मा गायिका देवी घर्ती र गायक राजु ढकालको स्वर तथा अभिनय रहेको छ । गीतको शब्द सिर्जना नविन रानाको रहेको छ भने संगीत सिर्जना एचबिएन किस्मतको रहेको छ । यस गीतको भिडियोलाई जेरी भण्डारीले निर्देशन गरेका छन् । कार्यक्रममा खोली सललका अडियो तथा भिडियो टिमलाई मायाको चिनोसहित नगद समेत प्रदान गरिएको थियो ।

सोही अवसरमा गायिका देवी घर्ती र गायक राजु ढकालकै स्वर तथा अभिनयमा रहेको गीत ‘बिर्सियौ कि चटक्कै’ पनि सार्वजनिक गरिएको थियो । शैलुङको रमणीय भूभागमा छायाँकन गरिएको यस गीतमा नन्दु परियारको शब्द रहेको छ भने एचबिएन किस्मतको संगीत सिर्जना रहेको छ । भिडियोलाई जेरी भण्डारीले नै निर्देशन गरेका छन् । दिनेश पराजुलीको छायाँकन रहेको यस गीतमा राजकुमार मगरले सम्पादन गरेका छन् ।





फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु