८ नारीलाई सम्मान गर्दै देबिका बन्दनाले ल्याइन् ‘बुद्ध सादर वन्दना’

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०८०, आईतवार

काठमाडौं । सुमधुर स्वरकी धनि गायिका देविका बन्दनाको स्वरमा रहेको नयाँ गीत ‘बुद्ध सादर वन्दना’ सार्वजनिक गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच र्साजनिक गरिएको गीतमा डा. दिनबन्धु शर्माको शब्द रचना रहेको छ । त्यस्तै गीतमा संगीत स्वयं बन्दना, बिजेश र मनिषको रहेको छ ।

गीतमा भगवान गौतम बुद्धको प्रार्थना गरिएको छ भने बुद्धभुमी लुम्बिनीलाई अत्यन्तै राम्रोसँग देखाइएको छ ।

यस गीतको भिडियोलाई गायिका बन्दनाले नै निर्देशन गरेकी हुन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी भिडियोको छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रबिण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
गायिका देबिकाको निर्देशन कौशलता पनि गायन जस्तै अब्बल भनेर देबिकालाई बधाई दिनेको भिड लागेको थियो ।

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने यो म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठ जना महिलाहरूलाई सम्मान समेत गरिएको थियो । सम्मान प्राप्त गर्नेहरू सिएनएन हिरो अनुराधा कोईराला, बरिष्ठ अभिनेत्री बशुन्धरा भुषाल, बरिष्ठ साहित्यकार उषा शेरचन, बरिष्ठ गायिका कुन्ती मोक्तान, बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर, चलचित्र निर्देशक दीपा श्री निरौला, चलचित्र निर्माता रोशनी केसी र गायिका सुनिता दुलाल रहेका छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा गायिका एवं निर्देशक देबिका बन्दनाले उपस्थित अतिथीलाई धन्यवाद दिंदै ‘बुद्ध सादर बन्दना’ बन्दाको लामो अनुभव सुनाएकी थिइन् ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए ।

गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, अभिनेता सरोज खनाल लगायतका थुप्रै अग्रज– अनुज कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु