देबिका बन्दनाको स्वरमा सुन्नुहोस् रोगव्याधी र अकाल मृत्युबाट जोगिन प्रभावकारी मन्त्र ‘महामृत्युंजय मन्त्र’

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७७, बुधबार

काठमाडौं । समस्त रोगव्याधी एवं हरेक किसिमका मानसिक एवं शारीरिक समस्याको निराकरणका लागि महामृत्युन्जय मन्त्रको जप निकै प्रभावकारी मानिन्छ । समस्त ग्रन्थहरूको भनाइलाई मान्ने हो भने यो मन्त्रको जपले अकाल मृत्युको योगलाई समेत टार्नसक्छ । हिन्दुधर्मावलीहरुमा अत्याधिक रुचाइएको मन्त्र पनि यहि हो । महामृत्युञ्जय मन्त्रका पछाडि केवल धर्म होइन, पूरा स्वर सिद्धान्त समेत छ । यसलाई संगीतको विज्ञान पनि भनिन्छ । अपूर्व महिमा भएको यहि मन्त्रलाई लोकप्रिय गायिका देविका बन्दना स्वर सार्वजनिक भएको छ ।

सार्वजनिक मृत्युन्जय मन्त्रमा सङ्गीत बन्दनाको, सङ्गीत सम्योजन तथा मिक्सिङ्ग र मास्टरिङ्ग दीपक श्रेष्ठको रहेको छ । डिजाईन योगेश शाक्यको रहेको यो मृत्युन्जय मन्त्रको रेकडिङ्ग निहारिका स्टुडियो बुटवलमा गरिएको हो । अडियो मन्त्र दिव्य युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

‘धेरै दिनदेखि को सपना मृत्युन्जय मन्त्र रेकर्ड गर्ने इच्छा पूरा भएको छ, हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवलाई प्रसन्न पार्नका लागि महामृत्युन्जय मन्त्रको जप गर्नुजस्तो सहज र प्रभावकारी उपाय अर्को छैन जस्तो लाग्छ । यस्तो प्रभावकारी मन्त्र संगीत मार्फत गाउँन र सुनाउँन पाउँदा धेरै खुशी र आनन्द महशुष गरेकी छु ।’ देविकाले भनिन् । देविका बन्दनाको यस पछि पनि अर्को प्रोजेक्ट को थालनी भइसकेको पनि उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु