• अस्ताए ‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर

    म्यूजिक खवर
    प्रकाशित: १२ माघ २०७७, सोमबार

    पोखरा । लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ का गीतकार तथा संगीतकार धनबहादुर गायकको निधन भएको छ । मनिपाल अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । पोखरा महानगरपालिकाका जागिरेसमेत रहनुभएका गायक धनबहादुर गायकको ५८ वर्षको उमेरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।
    गीतसंगीतको क्षेत्रमा गीतसंगीतको राजधानी पोखरामा बसेर संगीतमय बनाइरहेका सर्जक गायकको सिर्जनामा रहेको गीत यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली जस्ता बहुचर्चित गीत हुन् । जसका गायक प्रविन गुरुङको सडक दुर्घटनामा निधन भएको दुई दशक बितिसकेको छ ।
    गायक धनबहादुर गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका संस्थापक सदस्यसमेत रहनुभएको थियो । उहाँको अन्तिम श्रद्धान्जली उहाँकैनिवास बाटुलेचौरमा गरिने जानकारी प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

    म्यूजिक खबर परिवार गायक धनबहादुर गायकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदन व्यक्त गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु