मेलिना र साक्थिमको धरान शहरको छायाँकन

म्यूजिक खवर
प्रकाशित: १० कार्तिक २०७९, बिहीबार

धरान। पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत ‘धरान शहर’ को छायाँकन धरान संगै नाम्जे, भेडेटार, पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।
युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्।
मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई संगै साक्थिम योङ्गयाको युगल स्वर रहेको छ। बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन्। मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई , शुबानी मोक्तान लगायत अन्य चर्चित गायक (गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको र क्रमशस् म्युजिक भिडिओ सहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्बुहाङले बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु