• सालको पात, लालुमैलाई टक्कर दिँदै आयो ‘दर्शन छ निहुरेर’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७५, शुक्रबार

    काठमाडौं । पछिल्लो समय दोहारी गीतको क्षेत्रमा एकपछि अर्को गीत चर्चाको शिखरमा पुगिरहेका छन् । सालको पात दोहोरी गीतले देशविदेशका नेपाली गीतका स्रोतालाई फरक स्वाद दिलायो जसले गर्दा करोड भ्यूजको यात्रामा सफल पनि भयो । त्यसपछि पछिल्लो समय लालुमै गीतले बजारमा छुट्टै पहिचान बनाउँदै मिलियन भ्यूजको यात्रामा दौडिरहेको छ । यसै क्रममा दोहोरीको अर्को नयाँ स्वादमा आएको छ ‘दर्शन छ निहुरेर’ ।

    यो गीत सालको पात, लालुमै भन्दा पनि अगाडि रेकर्ड गरिएको हो । एक वर्ष अघि रेकर्ड गरिएको यो गीतको लामो समयपछि भिडियो निर्माण भएकोले यसले कस्तो प्रभाव जमाउनेछ दोहोरी क्षेत्रमा त्यो भने आजबाट काउनडाउन सुरु भएको छ ।

     

    दर्शन छ निहुरेर’मा विरही कार्की र माण्डवी त्रिपाठीको स्वर रहेको छ । विरही कार्कीकै शब्द र संगीत रहेको यो गीतको संगीत संयोजन पनि आशिष अबिरलकै रहेको छ । पछिल्लो समय आशिष अबिरलको संगीत संयोजनका गीतहरु एकपछि अर्को गर्दै चर्चाको शिखरमा पुगेको छ । उनको संगीत संयोजनकै कारण पनि दोहोरी गीतको क्षेत्रमा नयाँ पहिचानसमेत थपिएको छ । गीतलाई राग स्टुडियोमै रेकर्ड गरिएको हो ।

    यस गीतको म्यूजिक भिडियो विरही कार्कीकै च्यानलबाट सार्वजनिक भएको छ । भिडियोमा नायिका अशिष्मा नकर्मी र रविन्द्र प्रताप सेनलाई फिचरिङ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु