• समानुपातिकमा सिफारिस भएका गीतकार ध्रुबप्रसादको यस्तो छ राजनीतिक यात्रा

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

    काठमाडौं । गीतिलेखनका माध्यमले छुट्टै परिचय बनाएका गीतकार ध्रुब प्रसाद अम्गार्ईं आगामी मंसीर ४ गते हुने प्रतिनिधि समाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि सिफारिस भएका छन् ।
    उनी गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फबाट समानुपातिक सांसद पदका लागि सिफारिस भएका हुन् । गीतकार रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका अम्गाईंको राजनीतिक यात्रा झनै लामो छ ।
    १८ वर्षको उमेर देखि गोरखाबाट अनेरास्ववियु औपचारिक रुपमा राजनीति यात्रा सुरु गरेका हुन् । २०४९ सालमा अनेरास्ववियु पाचौं जिल्ला कमिटी सदस्य भए । त्यसपछि २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउको सल्लाहकार छ्न ।

    अम्गार्ईंले आफ्नो गाउँ ठाउँमा विकास निर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण, सामुदायिक वन पालन सिंचाइका, नगर निर्माण जस्ता थुप्रैकार्यमा योगदान दिंदै आएका छन् । साथै भुकम्प र कोरोना माहामारी लगायतका प्राकृतीक बिपत्तिमा पनि रासन लगायत आर्थिक सहयोग गर्दै आएका छ्न । प्रवासमै रहेर पनि स्वदेशका लागि सक्दो सहयोग र योगदान पू¥याउँदै आएका छन् । आफ्नो जन्मभुमिमा दिएको योगदान र देखाएको प्रेम समर्पणले नै उनी प्रदेश सभाका लागि सिफारिस भएका हुन् ।

    राजनीति र गीतिलेखनमा लामो यात्रा गरेका उनका करिब ५० बटा जति गीतहरु रेकर्ड भैसकेका छ्न रास्ट्रीय गीत देखि सुगम सङ्गीत, लोक विधामा उनका कलम चलाएका छन् । उनका गीतमा समाजको यथार्थ चित्रण गरेका पाइन्छ ।

    गोरखाको गण्डकी गाउँपालिका फुजेल जन्मथलो भएका हाल प्रवासमा रहेका अम्गाईं भन्छन् – ‘आफू अहिले विदेशमा छु, समय अत्यन्त छोटो भएको हँुदा समय व्यबस्थापन गर्न कठिनाई भइरहेको छ । अब आफ्नै देशमा केहि गर्ने भावना सहित सधैंका लागि नेपाल फर्किनेछु । पार्टीले र शुभचिन्तकले गर्नुभएको विश्वास र आशा बमोजिम काम गर्नेछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु