• भोलि ‘धौलागिरी संगीत उत्सव एवं स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम’ हुने

    म्यूजिक खबर
    प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

    काठमाडौं । ‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मुलनारा सहित धौलागिरी सांस्कृतिक समितिको आयोजनामा ‘धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९’ हुने भएको छ । राजधानीको गङ्गबु स्थित बिजी बैंक्वटको हलमा आगामी भदौ २५ गते (भोली) दिनको १२ः१५ बजेबाट कार्यक्रम शुभारम्भ हुने आयोजक पक्षले हामीलाई जानकारी गराएको छ ।
    कार्यक्रममा गीत संगीत र हरेक क्षेत्रमा योगदान पू¥याएका विशिष्ट ब्यक्तिहरु, धौलागिरीबासीहरुको सहभागिता रहने छ ।

    कार्यक्रममा विभिन्न बिधामा योगदान पुराउने ब्यक्तित्वहरूलाई सम्मान समेत गरिने छ भने धौलागिरीका मौलिक संस्कृती पनी प्रस्तुत हुने खबर प्राप्त भएको छ ।

    बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको काली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण हुन् । कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

    कार्यक्रममा धौलागिरी राष्ट्रिय सम्मान, धौलागिरी युवा सम्मान, धौलागिरी साधाना सम्मान, धौलागिरी बिशेष सम्मान, धौलागिरी साहित्य सम्मान, धौलागिरी खेलकुद सम्मान, धौलागिरी पत्रकारिता सम्मान, धौलागिरी सामाजिक सम्मान लगायत अन्य बिधामा नगद राशी सहित सम्मान गरिने र सम्मानित हुने ब्यक्तिहको नाम गोप्य राखिएको कुरा अध्यक्ष कृष्ण समिप सुबेदीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु