धुर्मुस सुन्तली फाउण्डेसनलाई लमजुङमा आमा समूहको ६ लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७५, मंगलवार

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह युकेले ६ लाख ५५ हजार ८५० रुपैयाँ सहयोग गरेको छ ।
समूहकी अध्यक्ष जुना गुरुङले सहयोग रकम फाउण्डेसनलाई हस्तान्तरण गरिन् । युकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोस्रो रमाइलो साँझ’ बाट सङ्कलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले फाउण्डेशनको कामबाट आफूहरू प्रभावित भएर सहयोग गरेको बताइन् ।
देशकै गौरवको परियोजना आफूहरूले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिक्रियाले ठूलो हौसला मिलेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु