अभिनेता दिलिपकुमार अस्पताल भर्ना

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

मुम्बई । श्वासप्रश्वासमा समस्या आएपछि बलिउड अभिनेता दीलिप कुमार मुम्बईको पीडी हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको फोक्सोमा पानी जमेको छ ।

अस्पतालका डाक्टर जलील पारकरले अभिनेताको फोक्सोमा केही पानी जमेकोले अस्पताल भर्ना गरिएको बताए । उनको अक्सिजन लेभल पनि तलमाथि भइरहेको उनले जानकारी दिए ।

पारकरले हालसम्म अवस्था ठिक भए पनि उमेरका कारण केही भन्न सक्ने अवस्था नरहेको खुलाए । ९८ वर्षे दीलिपलाई आइतबार बिहान भर्ना गरिएको थियो । उनकी पत्नी सायरा बानोले नियमित स्वास्थ्य जाँचका लागि नान कोभिड पीडी हिन्दुजा अस्पतालमा भर्ना गरिएको बताइन् ।

(एजेन्सी)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु