दिलिप रायमाझीकी छोरी चलचित्र ‘लक्का जवान’मा डेब्यु गर्दै

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७६, मंगलवार

हास्य कलाकार शिवहरी पौडेललेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसर पारी घोषणा गरिएको हो। चलचित्रका सह(निर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् । चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । चलचित्र निर्माण घोषणासँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने जानकारी आएको छ । यस सम्बन्धी जानकारी दिँदै निर्देशक शिवहरी पौडेलले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताएका छन् ।चलचित्र आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु