
मोनी गौतमको शब्द रचना र मित बरालको स्वरमा रहेको गीत ‘यता मेरो रगतले’ सार्बजनिक भएको छ । गीतमा एन के ब्रदरको सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । भिडियोमा नायक दीलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपानेको अभिनय देख्न सकिन्छ । राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।