दिलमाया सुनार मृत्यु प्रकरण : प्रारम्भिक रिपोर्ट ‘ह्यांगिङ’, थप अनुसन्धान हुँदै

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७९, मंगलवार

काठमाडौं । लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार सोमवार गरिएको पोष्टमार्टममा ‘ह्यांगिङ’ देखिएको हो ।

यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले झुण्डाएको भन्ने विषयमा थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ ।

‘यसले ह्यांगिङ मात्र देखायो, यसको थप रिपोर्टका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउनुपर्छ,’ डाक्टरलाई उद्धृत गर्दै प्रहरी अधिकारीले भने ।

प्रहरीले अहिले उनको रगत जाँचको लागि नास्ट पठाउने तयारी गरेको छ ।

भजाइनल स्वाब परीक्षणका लागि भने प्रहरीको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाइएको छ ।

रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै आत्महत्या वा अरू कसैले झुण्डाएको भन्ने पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु