किन दिए निर्देशक समाजको अध्यक्ष पदमा डीसीले उम्मेदवारी

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७६, बिहीबार
Dinesh DC

काठमाडौं । यही २८ मंसिर अर्थात शनिबार हुन गइरहेको चलचित्र निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदमा निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । हाल सुचित्रा श्रेष्ठ अध्यक्ष रहेको उक्त समाजमा यसभन्दा अघि डिसीले नै नेतृत्व सम्हालेका थिए ।

२०७० सालमा अध्यक्ष पदमा चुनिएका उनले यसपटक पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि राम्रो कार्यहरु गरेका डिसीलाई सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको उनले बताए । ‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नुहुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बलपुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेदवारीका लागि सहमति जनाइनसकेको भएपनि मलाई उहाँहरुको आग्रहलाई अस्वीकार गर्न सकिरहेको छैन’ उनले भने । अत्यन्त कठिन अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुको आग्रहलाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

तत्कालिन समयमा पनि उनले चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा कार्य गरेको हुँदा आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग र सदभाव पाउनेमा दुइमत छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु