श्रोतालाई आनन्दीत बनाउने ‘चरी’ को प्रशंसा

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

काठमाडौं । सुमधुर स्वरका धनी गायक दिनेश गौतमको स्वरमा श्रोतालाई आनन्दीत बनाउने ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतले सार्वजनिक भएसँगै दर्शक श्रोताको माया पाउन सफल भएको छ । गीतको अडियो र भिडियोको संगीतकर्मीसँगै दर्शकहरुले प्रशंसा गरेका छन् ।

प्रकाश सापकोटाको शब्द, पुष्तक प्रसादको संगीत र दिनेश गौतमको स्वरको अधिक प्रशंसामा यूट्युबको कमेन्ट बक्स भरिएको छ । उदयराज पौडेल गीतका एरेञ्जर हुन् ।

गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम आँफै फिचर छन् । ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको गीत निकै कलात्मक छ । गीतको अडियो र भिडियो बलियो छ ।

अर्जुन तिवारीले खिचेका भिडियोलाई सोहन मानन्धरले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु