दिनेश थापालाई ‘राष्ट्रिय पत्रकारीता पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७७, मंगलवार

काठमाडौं । पत्रकार दिनेश थापा ‘यात्री’ लाई ‘राष्ट्रिय पत्रकारीता पुरस्कार’ प्रदान  गरिएको छ ।

क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा  (आईतबार) ७औं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न भएको थियो ।

नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा पत्रकार दिनेश थापा ‘यात्री’लाई ‘राष्ट्रिय पत्रकारीता पुरस्कार’ प्रदान गरिएको हो ।

गोरखामा जन्मीएका दिनेश थापा ‘यात्री’ बिगत एक दशकदेखि पत्रकारीता क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन् ।

उनले फिल्मी खबर साप्ताहिक, श्रम साप्ताहिक, नेपाल आवाज डटकम, म्युजिक खबर डटकम, न्यूज काठमाण्डु डटकम, प्रभाव राष्ट्रिय दैनिक, म्युजिक खबर पाक्षिक, न्यूज गोरखा डटकम, खास खबर साप्ताहिक, प्रहार न्यूज डटकम, गण्डकी लाइभ डटकम, सुनौलो नेपाल डटकम, नवचेतना डटकम, लाइभ गण्डकी डटकम, पाथिभरा न्यूज डटकम, नागरिक लाइभ डटकम लगायत हुँदै पछिल्लो समय तीन घुम्ती डटकम र अमृत बजार साप्ताहिक मिडिया हाउसमा कलम चलाईरहेका छन् ।

पत्रकार दिनेशलाई वर्तमान सूचना तथा संचारमन्त्री पार्वत गुरूङ, सांगितिक हस्ती शम्भूजित वास्कोट, पत्रकार तथा गीतकार सबिता पोखरेल, कार्यक्रम आयोजकम अध्यक्ष माधव निर्दोश लगायतको हातबाट रु. ५५५५ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त सम्मान समारोहमा दिनेश थापा ‘यात्री’सहित पत्रकारिता रजत सम्मान, राष्ट्रिय स्रष्टा सम्मान, दशकको स्रष्टा सम्मान, राष्ट्रिय संगीत सम्मान, राष्ट्रिय फोटोग्राफी सम्मान, राष्ट्रिय साहित्य सम्मान, राष्ट्रिय समाजसेवी सम्मान, लाइफटाइम अचिभमेन्ट सम्मान लगायत सम्मानहरु प्रदान गरिएको थियो ।

साथै, क्यापिटल इभेन्टको आयोजनामा र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकर्मीले अवार्ड र सम्मान पाएका थिए ।

उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट  गायिकाको अवार्ड चुमेका थिए ।

त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु