नयाँ सांगीतिक जोडी दिपक–शान्ता ! भन्दैछन्-‘कहाँ होला काठमाण्डु’ भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

असोज ११, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका थुप्रै सांगीतिक जोडी छन् जो वास्तविक जिवनका पनि जोडी नै रहेका छन् । कुन्ती मोक्तान–शिलाबहादुर मोक्तान, उदय सोताङ–मनिला सोताङ, रामभक्त जोजिजु–इतु जोजिजु, माण्डवी त्रिपाठी–विपिन आचार्य, रामचन्द्र काफ्ले–जुनु काफ्ले, टिका प्रसाईं–लेखराज गुरुङ । यस्ता थुप्रै जोडीहरु संगीतमा सहकार्य गरिरहेका छन् र सफल पनि बनेका छन् ।

यस्तै पछिल्लो समयमा सांगीतिक जोडीका रुपमा संगीतकार दिपक शर्मा र उनकी धर्मपत्नी शान्ता अर्यालले पनि सहकार्य गरेका छन् । यो दम्पतीको सहकार्यमा ‘कहाँ होला काठमाण्डु’ बोलको मर्मश्पर्शी गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीतमा तयार भएको यस गीतमा शान्ताले आवाज दिएकी छिन् । संगीतकार शर्मा पछिल्लो समयका चर्चित र व्यस्त संगीतकारका रुपमा गनिएका छन् भने शान्ताले यो नै पहिलो रेकर्डेड गीत हो ।

श्रीमतीको जन्मदिनमा उपहारस्वरुप भन्दै दिपकले गीत सार्वजनिक गरेका हुन् । नव गायिका शान्ता अर्याललाई म्यूजिक खबर परिवारका तर्फबाट जन्मदिनको शुभकामनासँगै नेपाली संगीत क्षेत्रमा हार्दिक स्वागत गर्न चाहन्छौं ।

भिडियो हेर्नुहोस् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु