दीपक तिवारीको स्वरमा ‘मानिसको चोला’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७६, आईतवार

काठमाडौं । दीपक तिवारी स्वरमा ‘मानिसको चोला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक दिपककै शब्द रहेको छ भने विकाश चौधरी सङ्गीत तथा एरेन्ज रहेको छ । गायक तिवारी नेपाल मुलका अमेरिकाका नागरिक हुन् उनि बिगत १५ बर्ष देखि उतै बसोबास गर्दै आईरहेका छन् । उनले नेपाली चलचित्रका गीत र कलेक्सन एल्बम गरी हालसम्म ४ दर्जन भन्दा बढीमा आफनो स्वर दिईसकेका छन् ।

‘मानिसको चोला’ बोलको गीतको भिडियोलाई सागर चौहान (किरण)ले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा केवल भुजेल र सोनी परियारको अभिनय रहेको छ । भिडियोमा नेपालको सुन्दर पोखराको एक माझी परिवार मा अन्तर जातीय बिबाह पछि समाज भोग्नु पर्ने कथा प्रस्तुत गर्न खोजिएको छ । उक्त गीतमा गणेश सापकोटाको छायाँकन रहेको छ भने नेत्र गुरुङको सम्पादन तथा कलर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु