• दिपाश्री भनिन कमाएको सम्पत्ति वृद्धाश्रमलाई दिएर बुढेसकालमा आश्रममै बस्छु

    म्यूजिक खवर
    प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

    नायिका तथा निर्देशक दिपाश्री निरौलाले निकै राम्रो सफलता हात पारेकी छन् ।   टेलिसिरियल ‘तितो सत्य’ बाट कलाकारता सुरु गरेकी उनले सिरियलमा अभिनेता दिपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन् । टेलिसिरियल ‘तीतो सत्य’ बाट दर्शकको मन मुटुमा बस्न सफल भएकी उनी माथि अझै धेरै सफलता थपिएको छ । असल साथी दिपकराज भएकाले आफु यो स्थानमा पुग्न सफल भएको बताउँदै आएकी छन् । आफ्नो कामलाई बुझ्ने मानिस नपाएको कारण विवाह नगरेको बताउँदै बुढेसकालसम्म बाँचे आफुले कमाएको पैसा वृद्धाश्रमलाई दिने र उतै जीवन बिताउने सोच रहेको बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु