• दिवस र लिलाको ‘बुढी हराई’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७५, मंगलवार २३:१०

    काठमाडौ । लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘बुढी हराई’ गीतको भिडियो सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रालीले बार्षिउत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा ‘ बुढी हराई ’ सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।

    दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पार्ने गरेको यर्थात कुरालाई देखाउन खोजिएको छ । परदेशमा रहेका परदेशीको सत्य भोगाईलाई गीतमा समेटिएको छ ।
    भिडियोलाई अहिलेका चर्चित क्यामेरामेन जनक अधिकारीको छायाँकन छ भने , मिन प्रकाश ओलीको निर्देशन छ । भिडियोलाई गौतम ,संगिता र मधु भटटको जिवत्त अभिनय रहेको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतलाई सुवास कुथुमी राईको रेकर्डिङ छ ।

    ‘ बुढी हराई ’ गीतको भिडीयो हेर्नुहोस

     

    म्यूजिक भिडियोमा देखिए पत्रकार भोला (भिडियोसहित)

    म्यूजिक भिडियोमा देखिए पत्रकार भोला (भिडियोसहित)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु