• रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन भोलिदेखि हुने

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०८०, सोमबार

    काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन सुरु हुने भएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो । श्रावण ३० गते अथात् भोली मंगलबार देखि चावहिल स्थीत पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ ।

    यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

    ‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ । आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु