• तारिफ बटुल्दै, ट्रेण्डिङमा अगाडि बढ्दै – ‘दुरी मजबुरी’ फिमेल भर्सन

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

    काठमाडौं । एक वर्षअघि सार्वजनिक भएको ‘दुरी मजबुरी’ बोलको गीतले छोटो समयमा राम्रो भ्यूज बटुल्न सफल भयो । युट्युवमा प्रतिक्रिया पनि गीतको तारिफ गरेर लेखिए । यहि सफलताले हौसिंदै यति बेला उक्त गीतलाई फिमेल भर्सनमा सार्वजनिक गरिएको छ ।

    गीतलाई ‘दुरी मजबुरी’ बिमोचन कार्यक्रम सहित सार्वजनिक गरिएको हो । कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए ।

    गीत सार्वजनिक भएको एक दिन पुरा नहुँदै ट्रेण्डिङमा प्रवेश गर्न सफल भयो । यो समाचार तयार पारिरहेको समयमा गीतको भिडियो ट्रेण्डिङको अठारौं स्थानमा परेको छ । युट्युवका अधिकांश कमेन्टमा गीतको तारिफ गरिएको छ ।
    ‘दुरी मजबुरी’ फिमेल भर्जनमा प्रबिशा अधिकारीको स्वर रहेको छ भने सिडि बिजय अधिकारीले स्वरमा साथ दिएका छन् । यस गीतमा सिडि बिजय अधिकारी कै शब्द, संगीत रहेको छ ।

    भिडियोमा उत्तम श्रेष्ठ (शिशिर) र राज केसिको निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । गीतको भिडियो एकदमै हृदयबिदारक बनेको छ । यस गीतले सबैको मन जित्न सफल हुने कुरामा निर्माण पक्ष बिश्वस्त रहेको कुरा निर्माण पक्षले बताएको छ ।

    उक्त गीतको भिडियोमा सरोज खनाल, रश्मि भट्ट, सुधिर श्रेष्ठ, आँशु न्यौपाने, उत्तम श्रेष्ठ (शिशिर), डिम्पल खरेल आदिको अभिनय रहेको छ ।

    यस गीतलाई ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    यस अघि सार्वजनिक भएको ‘दुरी मजबुरी’को मेल भर्सनमा गायक सिडी बिजय अधिकारीको स्वर रहेको थियो भने उनलाई प्रविशा अनिकारीले साथ दिएकी थिइन् । उक्त गीतको भ्युज यतिबेला ६५ लाख बढी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु