शताब्दीपुरुष सत्यमोहनबाट डीपीको पुस्तक‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार
DP satyamohan Joshi

काठमाडौ । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको पुस्तक‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिकभएको छ । काठमाडौमा एक कार्यक्रमका बिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीत बास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए ।

२ कृति सार्वजनिक पछि प्रमुखअतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए । म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदान दिने काम भएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए।

त्यस्तै बिशिष्ट अतिथि शम्भुजीत बास्कोटाले पनि २ कृतिका लागी कवी तथा गीतकार डी पीदाहाल परिश्रमीलाई बधाई दिए । क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए । म्युजिक भिडियोमा प्रस्तुत भएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए ।

कार्यक्रममा कवि तथा गीतकार डी पी दाहाल परिश्रमीले आफ्नो धेरै पेषाभएपनिगीत, संगीतबिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लागायतलाई सम्मान पनि गरिएको थियो ।

चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतमा डी पी दाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तमश्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन् । निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु