• साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन

    म्यूजिक खबर
    प्रकाशित: १० जेष्ठ २०७८, सोमबार
    banira-giri

    काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।

    २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।

    उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

    उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु