डा. डिआरको ‘सोध न तिमी आफैँसँग’ भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७६, मंगलवार

डिआर उपाध्यायको नयाँ गीत ‘सोध न तिमी आफैँसँग’को भिडियो सार्वजनिक भएको छ । उदय सोताङको स्वरमा रहेको गीतमा बुलु मुकारुङको संगीत छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् । सुभाष प्रधानले निर्देशन गरेको र भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेको अभिनय र प्रेम लामाले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् उपाध्यायले केही समयअघि एकैपटक सात एल्बम निकालेका थिए । उनले निकालेका एल्बम ‘जखम’ ‘माउन्टेन मेलोडी’ ‘नसालु नजर’ ‘जोहो’ ‘अन्तराप’ ‘प्रतिनाद’ र ‘सहेली’ हुन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु