पत्रकार खिलबहादुर भण्डारीलाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७९, बुधबार

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका वरिष्ठ नेता खिलबहादुर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौँस्थित निवासमै निधन भएको हो ।

केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् ।

स्वर्गीय भण्डारीको मङ्गलवार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
म्यूजिक खबर परिवार स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु