दुर्गा बिरहीको “के छ कोशेली” सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७५, बुधबार

काठमाडौं । पछिल्लो समयका आश लाग्दा गायक दुर्गा बिरहीको नयाँ गीत “के छ कोशेली” को भिडियोको बिमोचन कार्यक्रम मंसिर ५ गते सम्पन्न भएको छ । सो कार्यक्रम आशिष म्युजिकका प्रबन्ध निर्देशक रामजी प्रसाद पन्तको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी रास्ट्रीय लोक दोहोरी गीत प्रतिस्ठान नेपालका निबर्तमान अध्यक्ष चन्द्र शर्मा रहेका थिए ।

भिमसेन खतिवडाको संचालन रहेको कार्यक्रममा रास्ट्रीय लोक संचारकर्मि नेपालका संस्थापक अध्यक्ष गोबिन्द गिरि, सुजन लम्साल, पिएन सापकोटा, शोभा त्रिपाठि लगायत थुप्रै पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार तथा कलाकारहरुले शुभकामना समेत दिएका थिए । “के छ कोशेली” गीतमा दुर्गा बिरही, देबि घर्तीको स्वर रहेको छ भने चर्चित एबम लोकप्रिय सर्जक रमेश बिजिको शब्द अनि दुर्गा बिरही कै लय रहेको छ ।

“के छ कोशेली” गीतको भिडियोमा मौसम हिमालीको निर्देशन , करण चैसिरको छायांकन, मनोज कार्किको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, पार्वती राई, शोभा त्रिपाठी, धर्मेन्द्र बस्नेतको अभिनय रहेको छ । सोही गीतको भिडियो मंसिर ६ गते देखि युट्युबमा आउने जानकारी आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु