• दुर्गा बिरहीले गरे सडकमा माग्न बसेकाहरुलाई राहत वितरण (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

    काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैको चहलपहल शुरु भएको छ । तर सडकको पेटिमा बसेर मागेर आफ्नो दैनिक गुजारा चलाउनेहरुलाई के दशैं के तिहार । देशकै राजधानी काठमाडौंका सडक मगन्तेरहित बनाइने भनी सरकारले त्यसका लागि प्रहरी अभियान सुरु गरे तर पनि मगन्तेहरु मागेर गुजारा चलाउन बाध्य छन् । नेपाल सरकारले शिक्षा, स्वास्थ्य, गाँस र बासलाई आधारभूत आवश्यकता भनी संविधानमै उल्लेख गरे तर सडक मानवमुक्त गराउन सकेनन् । यसैलाई मध्यनजर गरेर समाजसेवी तथा हात्माविश्वास कम्पनीका मेनेजर दुर्गा विरहीले ति विचारा सडकमा माग्न बसेकाहरुलाई चामल, बिस्कुट र पैसा लगायतका विभिन्न खाने कुराहरु बाडेका छन् । गीत संगीतको क्षेत्रमा आवद रहेर उनी यस्ता बाल्यकाल देखि नै विभिन्न कारणले पछाडी परेका समाज र व्यक्तिलाई सहयोग गर्दै आएका बिरहीले उनिहरुलाई सेवा गर्न पाउँदा आफु खुसि भएको पनि बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु