• ‘मित्रनगरको विकास र सुधारका लागि कुनै कसर बाँकी राख्दिन’ : गंगा पन्थ

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०८१, बिहीबार

    काठमाडौं । काठमाडौंको वडा नं. २६ स्थित मित्रनगरको विकासका लागि आफूबाट हुन सक्ने र गर्नुपर्ने काममा कुनै कसर नराख्ने मित्रनगर विकास तथा सुधार समितिकी अध्यक्ष गंगा पन्थले बताएकी छिन् । मित्रनगर विकास तथा सुधार समितिको सोह्रौं वार्षिक साधारण सभाका अवसरमा सम्बोधन गर्दै गंगाले मित्रनगरको हकहितका बारेमा आफ्नो कार्यकालमा भएका कार्य र भावी योजनाका बारेमा आफ्नो धारणा राखेकी हुन् ।
    मित्रनगर विकास तथा सुधार समितिको साधारण सभा गत मंसिर २९ गते शनिबार सम्पन्न भएको हो । राजधानीको मित्रनगर स्थित तमु भवनमा आयोजित उक्त अध्यक्षता मित्रनगर विकास तथा सुधार समितिकी अध्यक्ष गंगा पन्थले गरेकी थिइन् ।

    कार्यक्रममा संस्थाको वार्षिक कार्य विवरण प्रस्तुत गरीएको थियो । काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष खेम तिवारी विशेष अतिथी, गंगबु सामूदायिक सेवा समितिका अध्यक्ष तथा समाजसेवी केदार पाठकले मित्रनगरका लागि जस्तोसुकै सहयोग गर्नका लागि आफू तयार रहेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार तथा विभिन्न संघरसंस्थाका प्रमुखहरुले १६ औँ वार्षिक साधारणसभाको शुभकामना दिएका थिए ।

    कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष गंगा पन्थले आफ्नो कार्यकालमा मित्रनगर परिषरमा रहेका सबै व्यवसाय तथा संघसंस्थालाई मित्रनगर विकास तथा सुधार समितिको पूर्ण साथ रहने बताइन् । विष्णुमती करिडोर र ढल निर्माणमा संस्थाले सहयोग गर्ने बताइन् । जिर्ण अवस्थामा रहेका बाटो तथा गल्लीहरुको पुननिर्माण कार्य ८० प्रतिशत सकिएको बताइन् । त्यस्तै खानेपानीका लागि यसअघि ४० प्रतिशत मात्र काम भएता पनि आफ्नो संस्थागत रुपमा मेलम्चीसँग समन्वय गरि ९० प्रतिशत काम भएको उनले जिकिर गरिन् । उनले अगाडि भनिन् ––१०० प्रतिशत काम गर्ने हाम्रो लक्ष्य थियो तर कतिपय घरबेटी विदेशमा भएकाले, कतिपय सम्पर्कमा ल्याउन नसकेकाले १० प्रतिशत काम अड्किन पुग्यो ।

    अध्यक्ष पन्थका अनुसार महामारीका रुपमा देखापरेका रोगहरु डेंगु, हैजा जस्ता रोगहरु निवारणका लागि औषधि वितरण गरियो । यसैगरि आफ्नै संयोजकत्वमा बृक्षारोपणको सुरुवात भएको बताइन् । चोरी लुटपाट, गुण्डागर्दी, जस्ता आपराधिक कार्य न्यूनिकरणका लागि पहलकदमी भइरहेको छ । यस्तो आपराधिक कार्य गर्ने र गराउने गिरोहलाई कानुनी कारबाहीका लागि प्रहरी प्रभाग बसपार्कसँगको समन्वयमा काम भइरहेको छ ।
    यस्तै, लागि यस क्षेत्रमा रहेका सामुदायिक सेवा समिति, होटल व्यवसायी, दोहोरी साँझ व्यवसायी, सुरक्षा निकाय, समाजसेवामूलक संघसंस्थाहरु, महिला समूह सबैसँग समन्वय र सहकार्य तत्पर रहेको बताउँदै उनले अगाडि भनिन् ––मित्रनगरको विकासका लागि आफू जहाँ, जहिले पनि उभिने र आवाज उठाउने छु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु