‘धर्ती र आकाश’ सार्वजनिक भएको ४१ घन्टामै १ नम्बर ट्रेन्डिङमा

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७८, आईतवार

काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीतमा रहेको गीत ‘धर्ती आकाश’ गीतमा गायिका दुर्गा खरेल र गायक रोशन अधिकारीको स्वर रहेको छ । ‘धर्ती आकाश’ बोलको गीत सार्वजनिक भएसँगै सोही गीतका भिडियोमा अभिनय गरेका अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको सम्बन्धको वास्तविकता पनि बजारमा खुल्यो ।
यो जोडीले अभिनय गरेका थुप्रै गीतहरु असफल भए । तर, यसपटक पूजा र आकाशले उत्कृष्ट गीत रोजेका छन् । अभियनमा दुबै जना सफल छन् । यसकारण पनि यो भिडियोले दर्शकको मन जितिरहेको छ । त्यसकारण पनि उनीहरुको सम्बन्धका बारेमा धेरैको चासो बढिरहेको छ ।

‘धर्ती र आकाश’ सार्वजनिक भएको ४१ घन्टामा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल यो गीत र यसको भिडियोले प्रशंसा बटुलिरहेको छ । गीतमा गायिका दुर्गा खरेल र गायक रोशन अधिकारीको स्वर छ । यो गीतलाई अर्जुनले एक जोडीको मिलन, प्रेम र विछोडको कथामा लेखेका छन् । गीतका हरेक शब्दमा प्रेम गर्ने जोडीको भावना मिसिएको छ ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले गीतको भाव अनुसार भिडियोमा उतारेका छन् । विधानको निर्देशन अब्बल छ । जसले अहिले प्रशंसा पाइरहेको छ ।

सार्वजनिक भएको ४२ घन्टामा नै ९ लाख भ्यूज बटुलेको यो गीतलाई दर्शकले लामो समयसम्म रुचाउने निश्चित छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु