दुर्गेशले दिए आफूमाथि ‘पत्थर हान्नेलाई फूलको जवाफ’

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । मोडलको परिचयबाट सबैको प्रिय बनेका दुर्गेश थापा पछिल्लो गायनको माध्यमले अझै चर्चाको शिखरमा छन् । चलचित्र छक्का पञ्जामा पब्लिसिटी गीतको रुपमा ‘बीचबीचमा’ गीत बजारमा आएपछि उनको चर्चाले शिखर चुम्यो । त्यसपछि उनी निरन्तर मोडलिङसँगै गायनतर्फ मोडिए । त्यसपछि निरन्तर केही बजारमा आए । उनका गीतले बजारमा फरकखालको तरङ्ग नै ल्याइदियो ।

पछिल्लो समय तिजमा बजारमा आएको उनको गीत ‘ख्यास पुतली’ ले बजारमा नकारात्मक प्रतिक्रिया धेरैको पायो भने सकारात्मक तरिकाले उनले समाजमा भएका गतिविधि अनुसार आफूले प्रस्तुत समेत गरे । तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा सोही विषयमा ठूलै बहस पनि भयो । उनलाई कारवाही गरियो पनि । तर उनले सोही कारवाहीले आफूलाई केही नहुने भन्दै हिंडे ।

यतिखेर भने विगतका गीतहरुको नकारात्मक टिप्पणी गर्नेहरुलाई उत्तर दिँदै बहिष्कार बोलको गीत बजारमा ल्याएका छन् । आफूलाई बहिष्कार गर्ने, तिरस्कार गर्नेलाई उत्तर दिँदै गीत बजारमा ल्याएको बुझिन्छ । ‘पथ्थर जस्तो मान्छेलाई फूलको नमस्कार’ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । गीतको कोरस गायनमा भने साहस शाक्य, भुषण खतिवाडा, आरसी रिमालको स्वर रहेको छ ।
गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् । भिडियोमा दुर्गेश थापा र पल शाहले अभिनय गरेका छन् । भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । बहिष्कारलाई डी सिरिस यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु