भक्तपुरमा दुर्गेश र प्रियंकाको प्रस्तुति : कला कि चर्तिकला ?

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०८३, मंगलवार ००:०७

भक्तपुरमा आइतबार राति भएको कन्सर्टमा गायक तथा कलाकार दुर्गेश थापा र नायिका प्रियंका कार्कीले दमदार प्रस्तुती दिएका छन् । ‘भक्तपुर वाइल्डफायर महोत्सव’ नामको कार्यक्रममा दुर्गेशलाई क्रेनले मञ्चमा पु¥यायो । क्रेनले उनलाई मञ्चतर्फ लग्यो । केही सेकेन्ड क्रेनको सहारामा आकाशमा होल्ड भएर उनी मञ्चमा इन्ट्री गरे । त्यसपछि स्टेज डान्सरहरूसँगै मञ्चमा नायिका प्रियंका कार्की पनि देखा परिन् ।

दमदार इन्ट्री गरेका दुर्गेशलाई प्रियंकाले देख्ने बितिकै झ्याप्पै अङ्गालो हालेकी थिइन्। उनीहरूबीचको आत्मीयता देख्दा उपस्थित दर्शकहरू निकै उत्साहित बनेका थिए। सो क्षणका फोटो तथा भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्। देशविदेशमा रहेका फ्यानहरूले दुबैको केमेस्ट्रीको खुलेर प्रशंसा गरेका छन्। भने कतिपयले कला भन्दा चर्तिकला बढी भनेका छन् । जहाँ उनका फ्यानहरूले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । कतिपयले मिम बनाएर थापा र कार्कीलाई उडाइरहेका छन् ।

त्यसपछि उनीहरू प्रस्तुतीमा लागे ।

अहिले थापा स्वयंले आफ्नो सामाजिक सञ्जालमा त्यस इन्ट्रीको भिडियो हालेका छन् ।
जे होस् महोत्सवमा देखिएको यो दृश्यले मनोरञ्जन क्षेत्रमै नयाँ चर्चा थपेको छ भने दुर्गेश र प्रियंकाको लोकप्रियता पनि अझै बढेकै देखिन्छ।?❤️?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु