दुर्गेश थापाको ‘बिच्च बिच्चमा–२’ को ‘एउटा फोटो खिच’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७७, शुक्रबार

काठमाडौं । चर्चित मोडेल तथा गायक दुर्गेश थापाले नयाँ गीत ‘बिच्च बिच्चमा–२’ बजारमा लिएर आएका छन् । गतबर्ष तीजको लागि थापाले गाएको ‘बिच्च बिच्चमा’ बोलको गीतले सर्वाधिक चर्चा बटुल्न सफल भएपछि, थापाले यस वर्ष यसकै सिक्‍वेल ल्याएका हुन्। यसपटक कोरोना महामारीका कारण भएको आर्थिक संकटलाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा अघिल्लो वर्षकै तीजको साडी लगाएर फोटो खिच्न आग्रह गरेका छन्। यसपटकको तीजलाई उनले ‘माछा माछा भ्यागुतो’को संज्ञा दिएका छन्। गीतमा दुर्गेश, राम खत्री र राजन कार्कीको शब्द तथा दुर्गेशकै संगीत छ। गीतको भिडियोमा दुर्गेशसँगै जीवन सहनी, जीबी चिरन, सारिका केसी, दिपाशा बीसी, अस्मिता जुरेली, टीका जैसी, सबिता राई, एरी विष्ट, शिल्पा खड्काको अभिनय छ। भिडियो शिव विकको निर्देशनमा तयार पारिएको हो।

यो बर्ष बिच्च बिच्चमा भाग २ “एउटा फोटो खिच” दुर्गेश थापा युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरिएको छ । यसपटक कोरोना महामारीका कारण भएको आर्थिक संकटलाई गीतमा प्रस्तुत गरिएको छ । कोरोना महामारी र लकडाउनको बन्दा बन्दी अवस्थामा सावधानी अपनाउँदै भिडियो छायांकन गरेर दर्शक स्रोतामाझ ल्याएको थापा बताउँछन् ।गीतमा अघिल्लो वर्षकै तीजको साडी लगाएर फोटो खिच्न आग्रह गरेका छन्। यसपटकको तीजलाई उनले ‘माछा माछा भ्यागुतो’को संज्ञा दिएका छन्।

यस गीतको भिडियोमा चर्चित अनुहारहरुलाई देख्न सकिन्छ । शिव विकको निर्देशनमा अर्जुन तिवारीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।कलाकारहरु स् दुर्गेश थापा, जीवन शाहनी क्षेत्री, जिबी चिरन, सारिका केसी, दीपाशा बिसी, अस्मिता जुरेली, टीका जैशी, सबिता राई, इनि बिष्ट, शिल्पा खड्काको दमदार अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु