अन्जानवश गल्ती भयो भन्दै यस्तो सहमतीमा छुटे गायक दुर्गेश थापा

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

काठमाण्डौ । अर्ना बियरसँग मिलेर विज्ञापन शैलीमा भड्किलो तिहार गीत गरेको आरोपमा प्रहरी पक्राउमा परेका गायक तथा मोडल दुर्गेश थापा रिहाई भएका छन् । थापालाई आज नै महनागरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । सामान्य सोधपुछ र गीतमा प्रयोग भएका केही शब्द र दृश्यलाई संशोधन गर्ने सहमतीमा उनलाई छाडिएको हो ।

तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियरखाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

दुर्गेशले गीतले समाज तथा संस्कृती धज्जा उडाएको स्वीकार्दै यस्तो गल्ती अन्जानवश हुन गएको बताएका छन् । यो गीतलाई युट्युवबाट हटाइसकेको र अब कसैले पनि पुनः अपलोड नगर्न समेत उनले आग्रह गरेका छन् ।

 

गायक दुर्गेश थापा महानगरीय अपराध अनुसन्धान महाशाखामा ! छुट्ने सम्भावना के छ ?

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु