काठमाण्डौ । मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महनागरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियरखाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।
थापालाई बालाजुबाट नियन्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो ।
उनले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए छाड्न सक्ने पनि जनाएको छ । गीत पनि यतिबेला युट्युवबाट हटाइसकेको छ । यसर्थ छिट्टै छुट्ने अनुमान गर्न सकिन्छ ।