• बिनोद राई र ससिका राईको ‘एकैसाथ यो झरीमा’गीत रिलज (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २१ असार २०७८, सोमबार १२:०५

    काठमाडौ । नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ । ‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।

    ‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई रअञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादनपनि फराज अर्पणकै रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु