सुवाशचन्द्रको शब्द, राजनराज र रचनाको स्वरमा ‘एक्का टायल’

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

काठमाडौं । भक्तराज आचार्यले गाउनु भएको चर्चित गीत ‘जतिचोट दिन्छौ देउ मायालु’ का गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजन राज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । गीतमा संगीत समेत राजनराजले नै भरेका हुन् ।

रबिन्द्र खड्काकै निर्देशन रहेको भिडियोमा वरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ । भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगयातको अभिनय रहेको छ ।

शिव ढकालले छायांकन गरेको भिडियोलाई बनिस शाहले सम्पादन गरेका हुन् । भिडियोलाई बरिष्ठ गीतकार सुवाश चन्द्र ढुङेलको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु