निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनेलाई पूरस्कार

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७९, आईतवार

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्ने सम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो । प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नु पर्नेछ ।

यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ ।
आयोगले यस प्रतियोगिताको लागि १ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसरी पोस्टरसेयर गरेर बीस लाखभन्दा बढी भ्युएर र्पुयाउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् । ५० लाख वा त्योभन्दा बढी भ्युएर पू¥याउनेले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युएर पू¥याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युएर पू¥याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ । त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्टरसेयर गरिसक्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु