माघ २८ गते दरबारमार्गमा एलिनासँगै कर्म र लाइभ व्याण्डको प्रस्तुती रहने

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०८०, शुक्रबार

काठमाडौँ । गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुञ्जिने भएकी हुन् । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहने छ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्य सहित मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो । कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु