भ्यालेन्टाइनको मुखमा ‘धोकेवाज’ गायिका एलिना चौहानलाई ‘ब्रेकअप’को चोट

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०८०, सोमबार

‘धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । गायिका एलिना चौहानको स्वर रहेको यो गीत उनको करिअरकै महत्वपूर्ण गीत बनिसकेको छ । किनकी उनी जहाँ जहाँ पुग्छिन् यो गीत नगाई धरै पाउँदिनन् । धेरैको जीवनमा मिल्ने भएकाले होला दर्शक श्रोताले उनलाई खुलेरै साथ दिएका हुन्छन् । कतिपयले एलिनालाई ‘धोकेबाज’ गायिकाको रुपमा समेत सम्बोधन गर्ने गरेका छन् । यतिबेला उनै चर्चित र व्यस्त गायिकाको जीवनमा समेत यो गीत ठ्याक्कै मिलेको छ । वास्तविक जीवनमै उनले धोका पाएकी छिन् ।
केहि समय अघि मात्रै गायिका एलिना चौहान र विष्णु सापकोटाको प्रेम सम्बन्धको खबरले सामाजिक सञ्जाल तताएको थियो । तर र्दुभाग्य उनीहरु प्रेम सम्बन्ध बचाउन सकेनन् । उनीहरुको प्रेमको आयु १ वर्ष पनि पुगेन । । भ्यालेन्टाइनको मुखैमा आएर एक अर्काबाट टाढिए । प्रेमका कारण थप चर्चामा आएको यो जोडीले एउटा पनि भ्यालेन्टाइन डे सेलिब्रेसन गर्न भ्याएन ।
अफेयरको हल्ला चलिरहेका बेला एलिना स्वयंले आफुबीचको प्रेम सम्बन्धलाई आफैंले सार्वजनिक गरेकी थिइन् । २०७९ साल चैत ५ गते इन्टाग्राममा प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै उनले आफू अफेयरमा रहेको पुष्टी गरेकी थिइन् । उनले विष्णुसंगको तस्वीर सेयर गर्दै उनले लेखेकी थिइन् ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु। तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु। तिमीसँग रहनुले मलाई जिवित राख्छ ।’ स्टाटसको अन्तिममा उनले हार्ट इमोजी पनि राखेकी थिइन् । गायिका एलिनाले आफूहरु बीच भएको प्रेमलाई सार्वजनिक सञ्जालबाट स्वीकारेपछि उनको पोस्टमा फ्यानहरुले बधाई पनि दिएका थिए । तर उनीहरुको प्रेम सम्बन्ध १ वर्ष भन्दा लामो टिक्न सकेन ।

बाग्लुङका विष्णु लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको पहिलो भेट भएको र बिस्तारै प्रेम सम्बन्ध झाँगिन थालेको चर्चा भएको थियो । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । एलिनाले विष्णुसँग प्रेमीलता दर्शाउने थुप्रै टिकटक भिडियोहरु पनि पोष्ट गरेकी थिइन् । ती भिडियोमा धेरैले ‘नाइस कपल’ भनेर बधाई समेत दिएका थिए । उनले आफूहरुबीचको नामलाई मिलाएर ह्यासट्याग गर्दै नयाँ नाम समेत राख्न भ्याएकी थिइन् । विष्णुसँगको एउटा टिकटक भिडियोमा ३बदिष्कबछछ लेखेर पोस्ट गरेकी थिइन् । एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेमलाई छताछुल्ल पारेका थिए । एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । उनले यही वर्षको मंसिर विवाह हुन सक्ने बताउँदै आएकी थिइन् । उता विष्णुले भने ‘ट्रिउ लभ’ नगरेको र चर्चाको लागि मात्रै एलिनासँग नजिकिएको हल्ला पनि पनि नभएको होइन । किनभने यस अघि पनि विष्णु कलाकारिता क्षेत्रकै युवतीहरुसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गरेको थियो । यतिसम्मकी एक चर्चित मोडलसँगकोे प्रेम सम्बन्ध रहेकै बेला उनी एलिनासँग नजिकिएका थिए । विष्णुसँग ‘ब्रेकअप’को शिकार भएकी उक्त मोडल यतिबेला मोडलिङमै राज गरिरहेकी छिन् ।

विगत जे जे भएपनि छोटो समयमा गहिरो प्रेम दर्शाएको यो जोडीको पनि अन्ततः प्रेम सम्बन्ध टिकेन । प्रेम सम्बन्ध अगाडि नबढ्नुको कारण विष्णुले केही समयदेखि एलिनालाई मानसिक यातना दिइरहेको स्रोतको दाबी छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना स्वयंले विष्णुसँग प्रेमसम्बन्धलाई टुंग्याएकी हुन् ।

‘बे्रकअप’ को समाचारलाई एलिना स्वयंले पुष्टी समेत गरेकी छिन् । छोटो समयमा नै ब्रेकअपको समाचार सुन्नु पर्यो, सत्यता के हो भनेर बुझ्दा उनले भनिन् । ‘यो सत्य हो । ब्रेकअप अलि अगाडि नै भएको हो । मलाई यो विषयमा भन्नुपर्छ भन्ने पनि लागेन ।’ उनले अगाडि भनिन– ब्रेकअपले केहि समय पीडा दिए पनि त्यसबाट बाहिर निस्की सकें । अहिले स्वतन्त्र भएकी छु र खुशी पनि छु ।’

झापा घर भएकी एलिना छोटो समयमै लोकप्रिय हुने गायिकामा पर्छिन् । सुरुवाती दिनमा कभर गीत गाउँदै सांगीतिक यात्रा थालनी गरेकी एलिनालाई पछिल्लो समय गीत गाउन रेकर्डिङ स्टुडियोमा भ्याइनभ्याई हुन्छ । रेकर्डिङका अलावा स्टेज कार्यक्रममा पनि एलिनाको व्यस्तता र लोकप्रियता उस्तै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु