थपियो अर्को अवार्ड, मंसिरमा ‘एपिक म्युजिक अवार्ड’ हुने !

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७५, सोमबार

भाद्र ४, काठमाडौं । कला र गला संरक्षण हाम्रो अभियान भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक प्रालि स्थापना भएको हो । नेपालि गित संगीत र कला क्षेत्रमा केहि गर्ने उद्देश्यले हामि तपाइको अगाडी आएको सहर्ष जानकारी गराउदछौ ।स्थापना भएको केहि समयमा नै हामि तपाइहरुको माझमा महत्वपूर्ण घोषणा गर्न पाउदा हामि खुसि छौ ।

नेपालि गित संगीत र कलाकारको संरक्षण गर्नु नै हाम्रो प्रमुख दायित्व हो ।त्यहि अनुसार हामि अगाडी बढ्दै छौ ।कला र गला सम्रक्षन हाम्र्प अभियान भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड गर्न गईरहेको जानकारी गराउन चाहन्छौ। उक्त अवार्डमा नेपालि लोकदोहोरी ,आधुनिक ,पप र दशैँ गितलाइ समाबेश गर्न गईरहेका छौ ।

२०७५ साल श्रावन अन्तिम सम्म बजारमा आएका गितले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा जारि बिज्ञप्तिमा जनाईएको छ ।दशैँ गितलाई भने लचकता अपनाईने पनि श्रेष्ठ द्वारा जारि गरेको बिज्ञप्तिमा जनाईएको छ ।

अवार्डको फाईनल मङ्सिर ८ गते राजधानीमा सम्पन्न गरिने छ भने अवार्डको फाईनलको दिन नेपालि गीतसंगीत क्षेत्रका बरिस्ठ व्यक्तिलाई नगद सहित लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने संचार क्षेत्रमा क्रियाशील रही कलम चलाउने दुई जना पत्रकारलाई पनि नगद सहित सम्म्नान गरिने छ ।कार्यक्रमको तयारि शुरु भएको छ ।कार्यक्रमलाई सफल बनाउन ईप्रिमा टेक्नोलोजीले सहकार्य गर्दै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु