‘१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ का सहयोगी सबैलाई प्रशंसापत्र सहित धन्यवाद

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०८०, आईतवार

‘१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ सम्पन्न भएको उपलक्ष्यमा आयोजक संस्था एभरेष्ट कल्चरल ग्रुपले ‘धन्यवाद कार्यक्रम’ गरेको छ । चैत २४ गते शनिबार राजधानीको जमलस्थित एल्लो पगोडा होटलमा आयोजित कार्यक्रममा सांस्कृतिक मेलालाई सहयोग पू¥याउने कलाकार, आयोजक टिमका सदस्यहरू, प्रायोजक, सहयोगी हातहरू तथा मिडिया लगायत सहयोग पू¥याउने सबैलाई प्रशंसापत्र सहित धन्यवाद दिएको थियो ।

कार्यक्रमका निर्देशक नारायण रायमाझीले कार्यक्रममा उपस्थित सबैलाई मन्तव्यद्वारा स्वागत गरेका थिए । त्यस्तै कल्चरल ग्रुपका अध्यक्ष तथा सांस्कृतिक मेलाका संयोजक आरसी कोइरालाले १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० लाई भव्यताका साथ सफल पार्न अथक भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

साँस्कृतिक मेला गत फाल्गुण १८ गतेदेखि फाल्गुण २७ गतेसम्म काठमाडौंदेखि देशका विभिन्न शहरहरूमा आयोजना गरिएको थियो । यस १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालसहित १२ देशका करिब ३५० कलाकार तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु