नेपाल चलचित्र कलाकार संघको ३३औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको ३३औं स्थापना दिवसको अवसरमा संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले एक प्रेस बिज्ञप्ति जारि सम्पूर्ण कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरुलाई शुभकामना ब्यक्त गरेका छन्। कोभिड-१९ लकडाउन तथा निषेधाज्ञाको विषम परिस्थितिले गर्दा आफ्नो स्थापना दिवस मनाउन नपाए पनि पेशागत हकहित तथा नेपाल चलचित्र कलाकार संघको पक्षमा निरन्तर लागि पर्ने कुरा अध्यक्ष खड्का बताउछन।

हेर्नुहोस प्रेस बिज्ञप्ति:

नेपाल चलचित्र कलाकार संघको ३३औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले एक प्रेस बिज्ञप्ति जारि गरेका छन्। आज भाद्र २३ गते, नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसको शुभ उपलक्ष्यमा देश/ बिदेशमा रहेका सम्पूर्ण संस्थापक, सल्लाहकार पुर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहर, हाम्रा सवै तहका सदस्यज्युहरु,सहयोगी,सरकार,संस्था, संचारकर्मी,शुभचिन्तक,मित्रहरू सवैमा सुस्वास्थ्य, दिर्घायु र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपाल चलचित्र कलाकार संघको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्ने अग्रज वरिष्ठ कलाकर्मी नेपाल चलचित्र कलाकार संघकि सस्थापक संयोजक स्व.शान्ती मास्के,भवन निर्माणको लागि अहोरात्र खट्ने पुर्व अध्यक्ष रामकेशर बोगटी लगायत नेपाल चलचित्र कलाकार संघको स्थापनामा प्रमुख भूमिका खेल्ने सवै स्व. चलचित्रकर्मी प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं तथा आत्माको चिरशान्तिको कामना गर्दछौं र नेपाल चलचित्र कलाकार संघका स्थापना काल देखीका सवै संस्थापकहरु, पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत सवैमा हार्दिक नमन हार्दिक आभार ब्यक्त गर्दछौं। आज हाम्रो नेपाल चलचित्र कलाकार संघले ३२ बर्ष पार गरि ३३ बर्षमा पाइला टेकेको छ।

२०४५ सालको महाभूकम्प आएपछि हामी सवै बिधाका चलचित्रकर्मीहरु जनता र देशका लागि सामाजिक सेवामा अग्रसर हुने उद्देश्य राखेर सडकमा उत्रेका थियौं। त्यसै बर्ष देखि हाम्रो एकता, देश र जनताका लागि हाम्रो आवश्यकता महसुस गर्दै, सम्पुर्ण बिधाका सवै चलचित्रकर्मी गोलवन्द रहि एउटै छातामुनी रहि चलचित्रकर्मीका हकहित, नेपाली चलचित्रको बिकाश, बिस्तार, अनि देश र जनताका सेवामा अग्रसर हुँदै यँहा सम्म आइपुगेका छौं। यसै शिलशिलामा, संघलाई यँहा सम्म डोर्याउने नेपाल चलचित्र कलाकार संघका तदर्थ समितिका संयोजक,संस्थापकहरु पुर्व अध्यक्षहरु क्रमश : विशिस्ट कलाकर्मी स्व.शान्ती मास्के, रविन्द्र खड्का, शिव श्रेष्ठ,बसुन्धरा भुषाल,नीर शाह, हरिहर शर्मा, कृष्ण मल्ल, रमेश बुढाथोकी, नवल खड्का, रामकेशर बोगटी, पुनः म रबिन्द्र खड्का आफै नेतृत्व तहमा जिम्मेवारी बहन गर्दैछु। पेशागत चलचित्रकर्मीका पेशागत संघ/संस्थाकै सबै भन्दा ज्येष्ठ संघ नेपाल चलचित्र कलाकार संघ भएर पनि आज सम्म पनि सवै चलचित्रकर्मीलाई ओत लगाउने स्थान यानेकी आफ्नो भवन नभएको परिस्थितिमा भाडाका घरमा विभिन्न समस्या भोग्दै आउन पर्दा अत्यन्तै चिन्तित भएर मैले पोहोर सालको चुनावी मुख्य एजेन्डा बनाएर चलचित्रकर्मीलाई ओत लगाउने स्थान निर्माणका लागि भोट मागेको थियौ। त्यही अनुरूप हाम्रो कार्यसमितिका सवै मित्रहरू द्रुत गतिले अगाडी बढ्दै यो पटकको रास्ट्रीय बजेटमा चलचित्र कलाकार संघलाई बजेट बिनियोजित गराउन सफल भयौं। पुनः नेपाल सरकार र आधिकारिक सहयोगी मित्रहरू प्रती हार्दिक आभार प्रकट गर्दछौ। सवैको साथ र सहयोग बाट भवन निर्माणको कार्य धेरै अगाडि बढिसक्नु पर्ने अवस्थामा दुर्भाग्य कोभिड- १९ कोरोनाका कारण हामी ६ महिना पछि पर्यौ। अझै निश्चित छैन हाम्रो लक्ष्य हासिल गर्न कति समय पर्खनुपर्ने हो। तर हामी बिश्वस्त छौ, आज सम्म हामिलाइ समर्थन र सहयोग गर्ने नेपाल सरकार, थुप्रै शुभ चिन्तक,सहयोगी, दाता, संघ/संस्थाका कारण हाम्रो यहि कार्यसमितिको पालामानै भवन निर्माण सुसम्पन्न हुने आशा एबम विस्वाशमा छौं। बर्षेनी भब्यरूपमा विशेष कार्यक्रम गर्दै आएकोमा कोभिड- १९ को विषम परिस्थिति, निषेधाज्ञा र लकडाउनका कारणले हामिले आजको कार्यक्रम लगायत थुप्रै कार्यक्रमलाई स्थगित गरि सुरक्षीत घरमै बसि आफू समाज र राष्ट्रलाइ बचाउन भनेर घर भित्रै छौ। हामिले हाम्रो १ बर्षको कार्यकालमा चलचित्रकर्मी र संघको हितमा थुप्रै उपलब्धिमूलक कार्य गर्दै आएका ब्यहोरा गत ३ महिना अगाडिनै हाम्रो कार्यकालको १ बर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेकाछौं। तसर्थ यो विषम परिस्थितिमा हाम्रो पेशागत कार्यहरु कुनै पनि नभैइरहेको अवस्थामा हामी सवै चलचित्रकर्मीहरु अत्यन्तै मारमा छौं, चलचित्रकर्मिका दैनिकी जीवन यापनमा समेत झन झन अत्यन्तै कठिन अवस्था आइसकेकोले हामी सवै चिन्तित छौं।

यो अवस्थामा सवै क्षेत्रको आर्थिक पाटो धरासयी त भएकै छ हाम्रो चलचित्र क्षेत्र सवै भन्दा धेरै मारमा परेको हामी सवैले दु:खद अनुभूति गर्दैछौ। हाम्रो विडम्बना-कोरोनाको बिकल्प लकडाउन र निषेधाज्ञा मात्रै पनि नहोला कि सचेतना, सुरक्षा, स्वास्थ्य मापदण्ड अपनाएर काम गरि खाने वातावरण बनाइदिन पनि नेपाल सरकारलाई सम्पूर्ण चलचित्रकर्मिका तर्फबाट विनम्र अनुरोध गर्दछौ। चलचित्रकर्मी र हामि सवै नागरिकले कोरोना संग डर, त्रास, भय वा कुनै प्रकारको हेल्चेक्र्याइ नगरी आफैमा गम्भीर र सचेत भएर, स्वास्थ्य मापदण्ड,भौतिक दुरि कायम राखी आ आफ्नो कर्म गरेर खाने परिवार पाल्ने वातावरण बनाउन हार्दिक अनुरोध समेत गरर्दछौ। नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसको पावन अवशरमा पुनः देश बिदेशमा रहनुहुने सवै चलचित्रकर्मी, संचारकर्मी,सहयोगी मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

रबिन्द्र खड्का
अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय कार्यसमिति परिवार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु